६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

रिभल्बर र लागु औषधसहित काठमाडौंकाे जडिबुटीबाट २ जना पक्राउ

४ मंसिर, काठमाडौं । काठमाडौंको महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार रहेकाे  महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको वोगटीले बताए ।

भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १०:०८