५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?

२४ माघ, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७८१ रुपैयाँ ९९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार ८२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १६:५०