प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य
२४ माघ, काठमाडौँ । प्राइम कमर्सिइल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४१ हजार ५० कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।
बिक्रीमा राखिएकाे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । बिक्रीमा राखिएकाे लिलामी सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्तिले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि प्रतिस्पर्धात्मक मूल्य तोकि खरिद आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुकले फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ११:४०