६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

गणपति लघुवित्तको नाफामा ५.३३ प्रतिशत गिरावट

२४ माघ, काठमाडाैँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको साेही अवधिको तुलनामा ५.३३ प्रतिशतले कम हो । गत वर्षको पुससम्म १ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ४.६९ प्रतिशतले घट्दै १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा अनुपात १.८४ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । संस्थाको निक्षप संकलन ५७ करोड ९९ लाख रुपैयाँबाट घटेर ४८ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।  याे अवधिमा कम्पनीकाे वितरणयोग्य नाफा ५६ लाख १० हजार रुपैयाँ रहेको छ ।

कम्पनीकाे सञ्चालन नाफा ५.३३ प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा  र प्रतिसेयर नेटवर्थ भने १४६ रुपैयाँ ७४ पैसा छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ११:२४