१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड

२४ माघ, काठमाडाैँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ४७ लाख ४७ हजार रुपैयाँ कायम भएकाे छ । यस्तै, खुद फि तथा कमिसन आम्दानी ३४.९३ प्रतिशतले घटेर १२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीकाे खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ रहेको छ । २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा घटेर २९ रुपैयाँ ३० पैसा कायम भएकाे छ भने प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १०:२६