५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्से र कारोबार रकम दुबै बढ्यो, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

२३ माघ, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। आज २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। मंगलबार पनि समाज लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन पनि हिमालयन रि इन्स्योरेन्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १५:१८