अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर
४ मंसिर, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिना अघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार ०८:१४












