६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नुवाकोट महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

२२ माघ, नुवाकोट । नुवाकोट महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन । उद्योग वाणिज्य संघ नुवाकोटको आयोजनामा हुने महोत्सव उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निश्चित भएको नेकप माओवादी केन्द्रकी सांसद एवं संसदको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन ।

यसअघि संघको टोलीले प्रधानमन्त्रीलाई भेटेर महोत्सवको उद्घाटन गरिदिन अनुरोध गरेको गरेको थियो । सोमबार सभापति सुवेदीले प्रधानमन्त्रीसँग भेटेर उद्घाटनमा सहभागिता हुने सुनिश्चित गराएकी छिन । नुवाकोट महोत्सव यही माघ २६ गतेदेखि जिल्ला सदरमुकाम विदुरमा हुँदैछ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १६:५१