१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

समृद्धिमा असाधारण फड्को मारिरहेको समयमा ओली सरकार ढल्दा देशमा निराशा छायोः महासचिव पोखरेल

२२ माघ, दोलखा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सो सरकार ढाल्ने काम गरिएको बताएका छन । एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले सरकार ढलेसँगै जनतामा निराशा जागेको बताए ।

एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको पोखरेलको भनाइ छ । महासचिव पोखरेलले केपी ओली नेतृत्व सरकारले अभूतपूर्व काम गरेको बताए । मनमोहन अधिकारी नेतृत्वकाे सरकारले गरेको लोककल्याणकारी सरकारको कामलाई विस्तार गरी काम गरिरहेको केपी ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढेको पोखरेलले टिप्पणी गरे ।

अधिवेशनमा सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेल । तस्बिरः जीवन लामा

काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधिबाट षडयन्त्रपूर्ण तरिकाले हटाएको पोखरेलको भनाइ छ । दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू ओली नेतृत्वको सरकार हटाउन लागेका पोखरेलले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १६:३७