६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

रु रु जलविद्युतको विद्युत बिक्री आम्दानी र खुद नाफा घट्यो

२२ माघ, काठमाडाैँ । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ९ करोड १३ लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ९ करोड १५ लाख रुपैयाँ  आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशत घटेर ५ करोड ८९ लाख कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

कम्पनीको प्रशासनिक खर्च ३७ लाख १० हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिर्जभको आकार ४६.४९ प्रतिशतले बढ्दै २२ करोड ३ लाख पुगेको छ । ४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २२ करोड ३ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा घटेर २३ रुपैयाँ ९० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०९:४६