अपर तामाकोशीको लिलामीमा नपरेको सेयरको पैसा सोमबारबाट फिर्ता हुने
२१ माघ, काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरको लिलामीमा नपरेको पैसा भोलि माघ २२ गते सोमबारबाट लगानीकर्ताको खातामा जम्मा हुने भएको छ । अपरको हकप्रद शेयर लिलामीमा नपरेको पैसा सोमबारबाट फिर्ता हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।
अपर तामाकोशीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दा नबिकेको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । लिलामीमा ३० हजार भन्दा बढी लगानीकर्ताले भाग लिएका थिए भने नगदै ७ अर्ब र चेकमार्फत ७ अर्ब गरेर करिब १४ अर्ब रुपैयाँ रकम जम्मा भएको थियो ।
प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १५:५६












