बालिका बलात्कारका अाराेपी नेविसंघ नेताद्धय श्रेष्ठ र थापालाई सातदिन थुनामा राख्न अनुमति
३ मंसिर, नुवाकाेट । नुवाकाेटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेकाे अभियाेगमा पक्राउ परेका नेविसंघका नेतालार्इ अदालतले थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएकाे छ । बालिका बलात्कारको अभियोगमा नुवाकोट प्रहरीले वट्टार क्याम्पस नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकाेट अादर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकाेटका जिल्ला सदस्य रविन थापालार्इ पक्राउ गरेकाे थियाे ।

बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेकाे र प्रहरीले थप अनुसन्धान गर्न समय मागेपछि जिल्ला अदालत नुवाकाेटले ७ दिनकाे समय दिएकाे जील्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले दैनिकीलार्इ जानकारी दिए ।
पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ उनीहरुले नुवाकोटका ५ किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको थियाे । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।
किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार १९:१३












