५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२१ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।

नेप्से घटेपनि यस दिन युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज महिला लघुवित्त र रावा इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । आइतबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १५:१६