८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

आहा रारा पोखरा गोल्ड कपको उपाधि आर्मीले जित्यो

२० माघ, काठमाडाैं । आहा रारा पोखरा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जीताउन कप्तान जिलेस्पी जंग कार्की , फत्तेमान घले र बसन्त जिम्बाले गोल गरे । आर्मीले यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन ।

च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्‍यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्‍यो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार १८:०८