८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

२० माघ, काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो ।

उपाधि जितेको पुलिसले रु १० लाख प्राप्त गर्‍यो भने उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्‍यो । आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि शङ्कर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए । यस्तै आरिफ शेखले २७,  अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले  ६३ रन बनाए । यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीनरतीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एकरएक विकेट लिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार १७:४१