२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना बौद्धबाट पक्राउ

१९ माघ , काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु तीन लाख ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १७:१०