२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

जापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने भरत समाखुशीबाट पक्राउ

१९ माघ, काठमाडौँ । जापान पठाइदिन्छु भन्दै रु दुई लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक रु एक लाख ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 15:04