५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७ प्रतिशतले बढ्यो

१९ माघ, काठमाडाैँ । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९७ प्रतिशतले बढी हाे । अघिल्लो आवसम्म कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेकाे थियाे ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलननामा २.२६ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३७.७९ प्रतिशतले घट्दै ११.७७ रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ११:२६