नेप्सेसँगै घट्यो कारोबार रकम, समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक बढ्यो
१८ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेकाे छ । यस दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १५:१७












