सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै सिउरी न्यादी पावर
१८ माघ, काठमाडौँ । सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पारित हुनेछ ।
प्रकाशित मिति : 13:36









