५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

अपर तामाकोशीको लिलामी सेयर बाँडफाँड, नपरेको पैसा माघ २२ बाट फिर्ता हुने

१८ माघ, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड सम्पन्न भएको छ । चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएकाे छ ।

कम्पनीको लिलामी सेयरको कट अफ प्राइस १ रुपैयाँले बढेर १४७ रुपैयाँ आएको छ । यसअघि कम्पनीकाे कट अफ प्राइस १४६ रुपैयाँ थियो । त्यसैगरी, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँडमा नपरेको रकम माघ २२ गतेबाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बोलकबोलमार्फत बिक्रीमा राखिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १२:४०