५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

शतप्रतिशत हकप्रद निष्काशन गर्दै राप्ती हाइड्रो

१८ माघ, काठमाडौँ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँकाे कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ११:४७