१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीको हात खाली

१८ माघ, काठमाडौँ । निर्धन उत्थान लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीको २५ औं वार्षिक साधारण सभा फागुन ११ गते केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीका लागि वितरण गर्ने लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

गत आर्थिक वर्षमा सेयरधनीकाे हात खाली हुने भएकाे छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डाहरू पारित हुनेछन् ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने जनाएको छ । यसकाे अर्थ माघ २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ११:१२