६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

धादिङकाे एकादशी जात्रामा झडप हुँदा प्रहरी घाइते, ८ सवारी साधन तोडफोड

३ धादिङ,मङ्सिर | धादिङ र गोरखाको सिमानामा पर्ने धादिङ ज्वालामुखी ५ बुंकोटघाटमा  झडप हुँदा प्रहरी र केहि स्थानीय घाइते भएका छन्  | झडपमा ३ बोलेरो र ४ वटा मोटरसाइकल तोडफोड भएको छ |

  

गोरखाबाट आएको समूहले धादिङमा भएको जात्रामा आक्रमण गरेको स्थानीय र प्रहरीले जानकारी दिएका छन् । झडप नियन्त्रण गर्ने क्रममा ज्वालामुखि साद भन्ज्याङका असई विनय कुमार पाण्डे घाइते भएका हुन् | उनलाई उपचारका लागि काठमाडौँ स्थित प्रहरी अस्पताल लागिएको धादिङका प्रहरी निरीक्षक केशव सिङ थापाले जानकारी दिए |

रोकीराखिएका ३ बोलेरो र ५ मोटरसाइकल तोडफोड भएको प्रहरीले जनाएकाे छ । धादिङ्गको र गोरखासिमानामा जोडीएको बुंकोट घाँटमा बर्षेनी एकादशीको मेला लाग्ने गरेको छ । बर्षेनी घटना हुने गरेको जात्रामा कम शंख्यामा प्रहरी परिचालन गरिनु, जुवातास खेल्न दिइनु र मदिरा सेवनलाई नियन्त्रण गर्न नसक्नुले बर्षेनी घटना हुने कारण हाे ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार ११:१८