२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने

१६ माघ, काठमाडाैँ । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हाे । साे सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसीरपीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : 10:56