२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वसाधरणका लागि आईपीओ निष्कासन गर्दै रंगुन खोला हाईड्रोपावर

१६ माघ, काठमाडौँ । रंगुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ९ गते साधारणसभा बाेलाएकाे हाे । सभामा आईपीओ निष्कासन गर्ने तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र साे अवधिको वित्तीय विवरणहरु, स्वतन्त्र सञ्चालकको नियुक्तीलगायतका प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : 10:11