२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

रिलायन्स स्पिनिङको आईपीओ भर्न सर्वसाधारणले ४१ हजार ४० रुपैयाँ जम्मा गर्नुपर्ने

१५ माघ, काठमाडाैँ । रिलायन्स स्पिनिङको आईपीओ भर्न सर्वसाधारणहरूले कम्तीमा ४१ हजार ४० रुपैयाँ जाेहाे गर्नुपर्नेछ । बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेपछि सर्वसाधारणलाई कम्पनीको आईपीओ भर्न महँगो मूल्य पर्ने भएको हो ।

रिलायन्समा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन सोमबार खोलिएको छ । बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।

नेप्सेका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको छ । बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । त्यस्तै सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । यसअनुसार कम्पनीको आईपीओ भर्न एक जनालाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने छ ।

प्रकाशित मिति : 17:50