१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सरकारले दरबार हत्याकाण्डको छानविन गर्ने, यस्तो छ प्रधानमन्त्रीको घोषणा

१५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे । यसअघि हिजैमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलचिमा अभिनग गर्ने घोषणा गर्न गरिएको कार्यक्रममा पनि दरबार हत्याकाण्डको कुरा उठाएका थिए ।

उनले आफैँ राजा हुने लाइनमा भएको दिपेन्द्रले कसरी आफूले आफैँलाइ गोली हान्न सक्छ भन्ने प्रश्न गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेताले त्यस्तो अभिव्यक्ति दिएको चौबिसघण्टा नबित्दै  प्रधानमन्त्रीले पनि दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन  ।

यसअघि पूर्व राजा ज्ञानेन्द्रले नागरिक अभिनन्दनको नाममा दलका नेता उपस्थिति भएकोमा भन्दा ठूला ठूला सभामा भाषण गर्न सुरू गरेका छन । केही दिनअघिमात्र ज्ञानेन्द्रले वीरसञ्जमा हजारौँका बीचमा सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १७:३२