गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
१५ माघ, काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशन गर्ने प्रस्तावसहित कम्पनीले फागुन ६ गते प्रथम बार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको साधारण सेयरहरु सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
साधारण सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने र कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
सभाले आर्थिक वर्ष २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : 11:55









