२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त

१५ माघ, काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चाल समिति अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन्। कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरुमध्येबाट अध्यक्षमा रतनलाल केडियालाई नियुक्त गरेको हो ।

 सधारणसभाले सञ्चालकहरु रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. निर्विरोध निर्वाचित गरेको थियाे ।

नवनिर्वाचित अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । केडियाले अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १०:४७