७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेमा दुई कम्पनीको सेयरमा मूल्य समायोजन

१४ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको सेयरमा मूल्य समायोजन भएकाे छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएकाे छ ।

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको १०० प्रतिशत हकप्रद पछि १९० रुपैयाँ १० पैसामा मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २८० रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलीदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

त्यस्तै, नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४९७ रुपैयाँ ८४ पैसा हुने गरी मूल्य समायोजन भएकाे हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार ५७७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १७:१६