१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

६ वाणिज्य बैंकका सेयरधनीको हात खाली, १२ का लगानीकर्ता खुसी

१४ माघ, काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाले लगानीकर्तालाई खुसी बनाएका छन् । भने ६ बैंकका सेयरधनी निराश भएका छन् । नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै २ वटाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्न बाँकी छन् । अहिलेसम्म ११ वटाले लाभांश वितरण गरिसकेका छन् भने ६ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकले सेयरधनीहरूका लागि लाभांश घोषणा गर्न बाँकी रहेको छ । सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

हाल एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिएका छन् । भने प्राइम, हिमालयन, एनएमबी, कुमारी, नेपाल बैंक र प्रभु बैंकले लाभांश नदिने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १६:२५