१०.३७ अंकले बढ्यो नेप्से, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट
१४ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। आज ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आइतबार तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । हिमालयन रि इन्स्योरेन्सकाे यसदिन सबैभन्दा बढी काराेबार भएकाे छ । आज चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।
प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १५:१८












