६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

अपर तामाकोशी हाइड्रोको लिलामी सेयर सोमबार बाँडफाँड हुने

१४ माघ, काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको  बाँडफाँड मिति तय भएको छ ।  कम्पनीको नबिकेको हकप्रद सेयरको लिलामीको बाँडफाँड भोलि अर्थात् माघ १५ गते सोमबार गरिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कम्पनीले १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न खुला गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १४:२९