६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

आजसम्म कायम सेयरधनीले अरुण भ्याली हाइड्रोको हकप्रदमा आवेदन दिन पाउने

१४ माघ, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीकाे हकप्रद सेयर  बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रा लि को संस्थापक सेयरमा लगानी गर्ने र बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ०९:४८