२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रिमियमा १ करोड १६ लाख कित्ता आईपीओ निष्काशन गर्दै मारुती सिमेन्ट, यस्तो छ मूल्य

१२ माघ, काठमाडौँ। मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर  स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : 17:12