८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

क्षेत्रपाल माविको प्रभावकारी विकासमा जुटे पूर्वविद्यार्थी

११ माघ, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयमा एल्मोनाइ एसोसियन स्थापना भएको छ । माघ १० गते बुधबार विद्यालयमा भएको पूर्व विद्यार्थीहरूको भेलाले विक्रम तिमल्सेनाको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा गणेश थापा, सचिवमा राजीव न्यौपाने, सहसचिवमा दिवाकर अधिकारी, कोषाध्यक्षमा सुफल थपलिया र सदस्यहरूमा रामप्रसाद लामिछाने, मधुकुमार अधिकारी, राजन श्रेष्ठ, सरस्वती श्रेष्ठ, रामेश्वर अगस्ती र सविना पाठक रहेको भेलामा सहभागी सोही विद्यालयका पूर्व विद्यार्थी लव प्याकुरेलले दैनिकीलाई जानकारी दिए । प्याकुरेले आगामी चैत्र १६ गते विद्यालयले स्वर्णजयन्ती मनाउने जानकारी दिए ।

प्याकुरेलका अनुसार भेलाले सुदर्शन अधिकारी, दिपक महत, भैरव अधिकारी, तिलक ढकाल, राजु श्रेष्ठ, अनुजा ढकाल, मुकुन्द भण्डारी, राजेन्द्रकुमार ढकाल रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । संस्थाको पदेन संरक्षकमा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नम्बर ४ का अध्यक्ष प्रकाश राई रहने गरी निर्णय भएको छ । विद्यालयको ५० औँ वर्ष प्रवेशको कार्यक्रम भव्य बनाउने र पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रम गर्ने तयारी भएको छ ।

सो अवसरमा सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेक पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी, सोही प्रदेशबाट बागमती प्रदेशसभामा निर्वाचित रमेशकुमार महत, नेकपा एमालेका नेता पूर्णलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता तोयानाथ थपलिया, गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, सोही विद्यालयका पूर्व विद्यार्थी सुदन ढकाल रैथाने बाली संरक्षणका अभियन्ता तिलक ढकाल लगायतले मन्तव्य व्यक्त गरेका छन ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट र नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने र त्यसका लागि पूर्व विद्यार्थीको रचनात्मक सहयोग आवश्यक हुने बताए ।

प्रकाशित मिति : January 25, 2024 at 10:16 pm