१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

मधेसमा कांग्रेसका ढुंगाना र जसपाकी चौधरी निर्वाचित

११ माघ, काठमाडाैँ । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएकी हुन्।

ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८१९ मतभार पाएका छन्। महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएकी छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १७:२५