प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाई नियुक्त
११ माघ, काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।प्रसाईलाई कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत९सीईओ० रमेश कुमार भट्टराईले राजीनामा दिएपछि सन्तोष प्रसाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । प्रसाई हाल कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको थियो । प्रसाई साविकको प्रभू लाइफका सिईओ थिए ।
प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १४:१७