२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सुपर खुदी हाइड्रोपावर आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

११ माघ, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावरको तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रबी कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति : 11:55