६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

फागुन २ गतेबाट शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै सिंगटी हाइड्रो

११ माघ, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यसको अर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट  फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०९:३७