७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

छुट्ला है ! एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

११ माघ, काठमाडौँ  । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते बिहीबारअन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोली माघ १४ गते बुकक्लोज गर्ने भएको छ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सोही प्रस्तावसहित इन्स्योरेन्सले माघ २५ गते  बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा ३० औं वार्षिक साधारण सभा बोलाएको को छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०९:२६