१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न पूर्वडेपुटी गभर्नर शिवाकोटीको संयोजकत्वमा समिति गठन

१० माघ, काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने आवश्यकता रहे(नरहेको विषयमा अध्ययन लागि समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ताणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।

गठन भएको समितिमा अधिवक्ता सिजन गुरागाईँ र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य सदस्य छन्।  समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १७:००