थप दुई कम्पनीले पाए ब्रोकर लाइसेन्स
१० माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले थप दुई नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता प्राप्त गरेको हो। हिमालयन सेक्युरिटिजको सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजको सदस्यता ९७ रहेको छ ।
हिमालयन सेक्युरिटिजले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रुपमा कारोबार सदस्या प्राप्त गरेको छ । यस्तै, आरबीबी सेक्युरिटिजले सीमित कार्य गर्ने दलालका रुपमा कारोबार सदस्या प्राप्त गरको छ ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको अनुमति प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त गर्ने नयाँ धितोपत्र कारोबार सदस्यको संख्या हालसम्म ३७ पुगेको छ । यसमध्ये एक धितोपत्र व्यापारी, २ पूर्ण कार्य गर्ने धितोपत्र दलाल र अन्य सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।
प्रकाशित मिति : १० माघ २०८०, बुधबार १६:३९












