निरन्तर ओरालो लाग्दै सेयर बजार, कारोबार रकम पनि घट्दै
१० माघ, काठमााडौँ । नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बुधबार १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यस दिन चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्स सबैभन्दा बढी कारोबार भएको छ ।
प्रकाशित मिति : १० माघ २०८०, बुधबार १५:१७












