२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

घरको पाँच तलाबाट हामफालेका व्यवसायी अग्रवालकाे उपचारको क्रममा मृत्यु

१० माघ, काठमाडौँ ।  धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ । आफ्नै घरको पाँच तलाबाट हामफालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब सवा ११ बजे घरको पाँचौ तलाबाट हाम फालेपछि घाइते भएका अग्रवाललाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १३:४८