२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

एक कम्पनीको १०.५२ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

१० माघ, काठमााडौँ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ । भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले अनुरोध गरेको छ। साथै, सेयरधनीहरुको बैंक खातामा भएको नाम तथा बैंक विवरण नमिलेकाले बैंक खातामा जम्मा भएको केही रकम फिर्ता आएकाले भन्दै आफ्नो विवरणमा एकरुपता ल्याउन कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 09:51