२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वोत्तमको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम दिन, स्थानियका लागि म्याद थप

१० माघ, काठमाडाैँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १० गते) अन्तिम दिन रहेको छ।

त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद भने थप गरेको छ। स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गरेको हो। त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : 09:33