नेप्सेसँगै घट्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
९ माघ, काठमाडौंँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार कित्ता सेयर कारोबार भएको छ।
मंगलबार १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन चन्द्रागिरी हिल्स र नेपाल ल्यूब आयल लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेकाे छ ।
प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १५:३०












