हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
९ माघ, काठमाडौंँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.४० अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।
सेयर बजारमा गिरावट आएपनि आज हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ५५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको १८ करोड १० लाख १८ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ११ करोड ६० लाख ५१ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १५:१८












